उत्तरी अफगानिस्तानमा १० जना लडाकू मारिए

file photo

एजेन्सी, १९ माघ। अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ ।

शुक्रबार शुरु भएको सैनिक कारबाहीमा विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौं गाउँलाई पनि पुनः मुक्त गरिएको सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताउनुभयो ।

लडाकू विमान सहित गरिएको उक्त सैनिक कारबाही लडाकूहरु पूर्ण रुपमा परास्त नहुँदासम्म जारी रहने बताइएको छ । तर रेजाइले सुरक्षा फौजतर्फ भएको क्षतिबारे केही बताउनुभएको छैन । तालिबानले सरकारी फौजको कारबाहीका बारेमा केही बताएको छैन ।

तालिबान र सरकारी फौजले गत नोभेम्बरमा कतारमा तालिबान र अमेरिकी प्रतिनिधिहरुबीच वार्ता शुरु भएपछि एकअर्का विरुद्धको कारबाहीमा अझ तिब्रता आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here