उच्च मनोबलका साथ निर्वाचनमा सहभागी बनौंः नेता महेश आचार्य

विराटनगर,१ कार्तिक– नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले उच्च मनोबलका साथ निर्वाचनमा सहभागी हुन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
सो पार्टीका भ्रातृ एवम् भङ्गिनी सङ्गठनद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले नेपाली काँग्रेसले आउँदो निर्वाचनमा ठूलो पार्टी रुपमा पुनः स्थापित हुने बताउनु भयो ।

केन्द्रीय सदस्य आचार्यले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभेर निर्वाचनमा जाने कुरा उल्लेख गर्दै वाम गठबन्धनको कारणले नेपाली काँग्रेसलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here