उच्च अदालत विराटनगरको अन्तरिम आदेश एसएसपी खत्रीलाई थुनामै राख्नु

काठमाडौँ,५माघ। उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधमा पुर्पक्षका लागि जेल परेका निलम्बित एसएसपी श्यामबहादुर खत्री र एयरलाइन्स कर्मचारी अमरमान डंगोललाई थुनामै राख्न अन्तिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरन्त भुर्तेल र जनक पाण्डेको संयुक्त इजलासले जिल्ला अदालत मोरङको आदेशलाई सदर गर्दै खत्री र डंगोललाई थुनामै राखेर पुर्पक्ष गर्न अन्तरिम आदेश जारी गरेको हो ।

संगठित सुन तस्करी र सनम शाक्य हत्या आरोपमा उनीहरूलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here