उच्चस्तरको प्राविधिक सहयोग गर्न आइएलओलाई आग्रह

काठमाडौं,२२ जेठः नेपालमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम निर्माणको लागि उच्चस्तरको प्राविधिक सहयोग गर्न सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)लाई अनुरोध गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आइएलओका महानिर्देशक गे रेडिरसँग जेनेभामा द्विपक्षीय भेटघाटमा सामाजिक सुरक्षा कार्यक्रम निर्माणमा आइएलओको प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाली कामदारको सामाजिक सुरक्षा ग्यारेन्टीको लागि श्रम मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । त्यसको लागि सामाजिक सुरक्षा ऐन समेत बनिसकेको छ ।

तर, प्राविधिक जनशक्तिको अभावमा यस सम्बन्धी कार्यक्रम अगाडि लैजान अप्ठ्यारो देखिएपछि सरकारले आइएलओको सहयोग खाजेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here