ईपीएस परीक्षाको लागि आवेदन फारम खुल्यो

काठमाडौं,२८ फागुन ।कोरियामा रोजगारीका लागि इप्लोयमेन्ट परमिट सिस्टम (ईपीएस) परीक्षाको लागि आवेदन फारम खुलेको छ । मंगलबार कोरिया शाखा ग्वार्कोले सूचना जारी गर्दै आवेदन फारम भर्न आह्वान गरेको छ ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया रोजगार तथा श्रम मन्त्रालयको समझदारी पत्र अनुसार रोजगार अनुमति प्रणाली (भ्एक्) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा लैजान प्रथम चरणको कोरियन भाषा परीक्षा सञ्चालन हुन लागेको हो ।
यो वर्ष कोरियाका लागि १००५० जनाको आवेदन मागिएको छ । जसअन्तर्गत उत्पादनमुलक र कृषि तथा पशुपालन क्षत्रमा १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन फारम चैत ८ देखि १७ गतेसम्म भर्न सकिनेछ । ईपीयस परीक्षा शाखाले प्रथम चरणको भाषा परीषा २०७६ साल जेठ २५ र २६ गतेलाई तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here