विदा कटौतीको बिरोधमा मुश्लिम समुदाय

सप्तरी, २३ बैशाख । मुश्लिम धर्मावलम्बीहरुको महान पर्व ईद र वकरईदको विदा कटौती गरिएको बिरोधमा आइतबार मुश्लिम समुदायले राजविराजमा प्रदर्शन गर्नुका साथै सो निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘जमिअत उलमाए नेपाल सप्तरी’ शाखाका अध्यक्ष मौलाना मो। अयुब मिफताही तथा मुश्लिम समाजका केन्द्रिय सदस्य इर्साद अंसारीको अगुवाईमा स्थानिय शिवमन्दिरको प्राङणबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै सरकारको विदा कटौती गर्ने निर्णय बिरुद्ध नाराबजी गरेका छन् ।
नगर परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेको मुश्लिम समुदायका अगुवाईहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे मार्फत प्रधानमन्त्रीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा मुश्लिम समुदायको महान पर्व ईद र बकरईदको विदा कटौती गर्ने सरकारको निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here