इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा

काठमाडौं,१५ मंसिर– सरकारले इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत महम्मदको जन्मदिनको अवसरमाआज नेपालमा सार्वजनिक बिदा दिएको छ । सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगमा समेत सार्वजनिकबिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यसैविचराष्ट्रपति विद्यादेवी भण्डारीले हजरत मोहम्मदको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
जातीय, धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनिसम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले हजरत मोहम्मद विश्वभरिका मुसलमानको आस्थाको केन्द्र हुनुका साथै उहाँले सत्य, सामाजिक न्याय, भाइचारा, शान्ति र महिलाको सम्मानका लागि दिनुभएका सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here