इस्लाम धर्मालम्बीहरुको महान् पर्ब इर्द उल फित्र( इद) मनाइँदै

काठमाडौं,१२ असार– इस्लाम धर्मालम्बीहरुको महान् पर्ब इर्द उल फित्र (ईद) पर्ब आज देशभर मनाइदैछ मुस्लिम समूदायले हिजरी सम्बतको रमजान मुबारक महिनाभर ब्रत बसिसकेपछि हर्षोल्लासपूर्वक इदउल फित्र मनाउने गर्दछन्।
पर्वको अवसरमा काठमाडांै लगायत मुलुकभरका मस्जिदहरुमा विहानैदेखी मुस्लिम धर्मावलम्वीहरुको घुइँचो बढेको छ।
हिजरी सम्वतको आठौं साउन महिनाको अन्तिम तारिखमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुन्छ । मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सुर्योदय भएदेखि सुर्यास्त नहुँदासम्म उपबास अर्थात रोजा बस्ने चलन छ ।
इदुल फित्रका दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा परिकार खाने खुवाउने प्रचलन रहि आएको छ । यस्तै सफा कपडा लगाएर मस्जिदमा गएर इदको नमाज पढिन्छ ।
नमाज पढिसकेपछि एक अर्कासँग गला मिलाएर इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गरिन्छ ।

इदमा आफन्त र छिमेकीहरुलाई बोलाएर सेवई, खजुर लगायतका मिठा–मिठा खानेकुरा ख्वाईने चलन छ ।
यसैबिच सरकारले इस्लाम समुदायको पर्व ईद ( इद उल–फित्र)को अवसरमा आज सार्वजनिक बिदा दिने दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here