इलाम सूर्योदय नगरपालिकाका सबै चिया उद्योग बन्द

काठमाडौं,१२ असार ।  इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आजदेखि बन्द गरेका छन् । नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको संगठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो ।

नगरपालिकाले बनाएको चियाको मूल्य निर्धारण सम्बन्धी कार्यविधि, २०७५ अनुसार हरियोपत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ नघटाइ किसानलाई उपलब्ध गराउनु पर्नेछ । चिया उद्योगीका अनुसार गुणस्तरयुक्त चिया पत्तीको मूल्य प्रति केजी ४० रुपैयाँ दिन सकिए पनि त्यो भन्दा कम गुणस्तरको चियापत्तीलाई उक्त मूल्य दिन चिया उद्योगले सक्दैन ।

एकजना चिया उद्योगी बुद्ध तामाङले कम गुणस्तरको चिया किसानलाई फिर्ता गर्न नसक्ने बताउनुभयो । नगरपालिकाले चियापत्तीको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँ तोकेको छ । उक्त मापदण्डको पत्तीका लागि नगरपालिकाले तोकेको मूल्य किसानलाई तिर्न उद्योगी तयार छन् । चिया उद्योगीले चियापत्तीको गुणस्तर पहिचानको संयन्त्र बनाउन नगरपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले उद्योग बन्द गरेर आन्दोलनमा उत्रनु परेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here