इरफानमाथि एक वर्षको प्रतिवन्ध

एजेन्सी–१७ चैत– म्याच फिक्सिङको आरोपमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानमाथि एक वर्षको प्रतिवन्ध लागेको छ ।
पाकिस्तान क्रिकेट बोर्डले म्याच फिक्सिङमा संलग्न भएको आरोपमा इरफानमाथि एक वर्षको प्रतिबन्ध लगाएको हो ।
इरफानमाथि पाकिस्तान सुपर लिगका क्रममा म्याच फिक्सिङ गरेको आरोप लगाइएको छ ।
इरफानले अब १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिर्नु पर्नेछ । क्रिकेटर इरफानमाथि थप आरोप नलागे र भ्रष्टाचारविरुद्धको कक्षामा सहभागी भए प्रतिबन्ध ६ महिना कम हुन सक्ने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। इरफानले पाकिस्तान सुपर लिगमा इस्थानबुल युनाइटेडबाट खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here