इमर्जीङ कप खेल्ने टोलीको घोषणा, को–को परे टोलीमा ?

काठमाडौं, २ चैत– बंग्लादेशमा हुने इमर्जीङ कप खेल्ने नेपाली टोलीका सदस्यहरु छनोट गरिएको छ ।

आउँदो मार्च २५ देखि अप्रिल ४ तारिखसम्म बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशन कप क्रिकेटको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनौट भएका हुन्र  स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि कप्तानको जिम्मा ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।
शक्ति गौचन र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here