इपिजीको पाँचौँ बैठक सीमा व्यवस्थापनमा केन्द्रीत

काठमाडौं,२२ असोज– नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठकमा १९५० को सन्धि, सीमा व्यवस्थापन र नेपाल–भारत जलस्रोत सहकार्यका विषयमा छलफल भइरहेको छ ।
हिजोदेखि राजधानीमा सुरु भएको बैठकले नेपाल र भारतबीच भएका सबै सन्धि–सम्झौता पुनरावलोकन गरी सरकारलाई सुझाब दिने इपिजीको नेपालका सदस्य सूर्यनाथ उपाध्यायले जानकारी दिनुभयो ।
बैठकमा दुवैतर्फ मजबुत सुरक्षा उपस्थिति रहेको, तर आवतजावत गर्ने सर्वसाधारणको रेकर्ड राखिनुपर्ने सुझावहरु आएका छन् ।

नेपाल र भारत दुवैको सुरक्षा स्वार्थ सम्बोधन गर्न सीमा व्यवस्थापन हुनुपर्ने र परिचयपत्रका आधारमा आवतजावत हुनुपर्नेमा बैठकमा जोड दिईएको छ ।
बैठकमा नेपालका तर्फबाट संयोजक डा. भेषबहादुर थापासहित सदस्यहरू सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र डा. राजन भट्टराई तथा भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी रहनु भएको छ । छैटौँ बैठक दुई महिनापछि भारतमा बस्ने गरी आजै सम्पन्न हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here