इन्डोनेसियामा भएको विमान दुर्घटनामा ८ को मृत्यु

काठमाडौँ, २७ साउन:इन्डोनेसियामा निजी चार्टर विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । १ बालकको भने जीवितै उद्धार गरिएको छ । तानाह मेराहबाट पपुवा न्यू गिनीको ओक्सिबिल जाँदै गरेको विमान दुर्घटना भएको हो । विमानमा चालकदलका २ सदस्य सहित ९ जना सवार थिए ।

पपुवा न्यू गिनीसँग सीमा जोडिएको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा जीवितै फेला परेका १२ वर्षीय बालकको चेत अवस्थामा उद्धार भएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । विमान दुर्घटनाको कारण खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here