इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको पासपोर्ट नक्‍कली,यसरी मारिएका थिए पुन(भिडियो सहित)

काठमाडौं,९ फागुनःरुपन्देहीको देवदह नपा ४ भवानीपुरमा इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुन र सोमबहादुर आलेको साथबाट बरामद राहदानी (पासपोर्ट) नक्कली भएको अनुसन्धानबाट खुलेको छ।

पुन र आलेको इन्काउन्टर पश्चात उनीहरुले बोकेको ब्याग जाँच गर्दा एक थान ल्यापटप, २ थान मोबाइल, पासपोर्ट, एटिएम कार्डलगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए।

बरामद भएको पासपोर्ट नक्कली भएको घटनाको प्रराम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। उनले सुनिलकुमार रानाको नाममा रहेको पासपोर्टमा पुनले आफ्नो फोटो टाँसेर राखेको पाइएको बताए।

तर, उक्त पासपोर्टमा हालसम्म कुनै पनि मुलुकको भीसा नलागेको पाइएको छ डिएसपी पाण्डेले अन्नपूर्ण पोस्टसँग भने। बरामद एमआरपी पासपोर्ट सन् २०१५ अक्टोबर २ तारिखमा नवलपरासी जिल्लाबाट जारी भएको प्रहरी स्रोतले बतायो। प्रहरीले बरामद गरेको ल्यापटप र मोबाइलको कल डिटेलको पनि अनुसन्धान गर्ने जनाएको छ।

भिडियो रिर्पाेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here