इनार सफा गर्ने क्रममा ३ जनाको मृत्यु

काठमाडौं,१८ साउनःराजधानीको कपुरधारामा इनार सफा गर्ने क्रममा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । ७० बर्षिय मेघवर्ण गौतम, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी तथा तथा भारतका ३६ बर्षिय अशोक कुमारको मृत्यु भएको महानगरीय प्रहरी बृत लैनचौरले जनाएको छ ।

इनार सफा गर्ने क्रममा निसास्एिर बेहोस भएपछि घापासीस्थित ग्राण्डी अस्पताल पुर्‍याइएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here