काठमाडौं,२९ मंसिर– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रकालागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद कुरा भएको बताउनुभयो ।
देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको भन्दै उहाँले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बन्ने दावी गर्नुभयो ।

