इटालीका प्रधानमन्त्रीले भारत भ्रमणमा

एजेन्सी– इटालीका प्रधानमन्त्री पाओलो जेन्टिलोनी आफ्नो औपचारिक भ्रमणका सिलसिलामा आज नयाँ दिल्ली   आउदैछन् ।
इटालीका प्रधानमन्त्रीका रूपमा एक दशक यता भारतको भ्रमण आउने जेन्टिलोनी पहिलो उच्च अधिकारी रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यसअघि सन् २००७ को फेबु्रवरीमा तत्कालिन इटालीका प्रधानमन्त्रीले भारतको भ्रमण गरेका थियो ।
प्रधानमन्त्री जेन्टिलोनीसँग उनकी धर्मपत्नीसहित १५–सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने मन्त्रालयले जनाएको छ ।

भारतमा रहँदा जेन्टिलोनीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्चपदस्थ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणको उद्देश्य भारत तथा इटालीबीचको राजनैतिक, आर्थिक तथा अन्य आपसी हितलाई मजबुत बनाउने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here