इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सुनसरी, २३ असार–  सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । आज बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार एमालेका द्वारिकलाल चौधरीले हजार सय मत ल्याई विजयी हुनुभएको हो । एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ८९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उपमेयरमा एमालेकी लक्ष्मी गौतम २१ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रमुखका निटतम प्रतिस्पर्धी कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत प्राप्त गर्नुभयो भने उपप्रमुखका प्रतिस्पर्धी कांग्रेसकै विमला शिवाकोटी ढकालले १८ हजार ३ सय ५२ मत प्राप्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here