इटली छनौट चरणबाटै बाहिरियो

एजेन्सी– चार पटकको विश्वकप बिजेता ईटाली अर्को बर्ष रसियामा हुने बिश्वकप फुटबलमा छनोट हुन असफल   भएको छ ।

गएराती स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि ईटाली समग्रमा १–० ले पराजित हुँदै बिश्वकप फुटबलको छनोट चरणबाटै बाहिरिएको हो ।

६ पटक फाईनलमा पुगेको ईटाली ६० बर्षपछि पहिलो पटक विश्वकप फुटबलबाट बाहिर रहने भएको छ । यस क्रममा उसले ४ पटक विश्वकपको उपाधि जितेको थियो भने २ पटक उपबिजेता बनेको थियो ।

विश्वकप फुटबलमा एक पटक तेस्रो र एक पटक चौथो भएको ईतिहास पनि ईटालीसंग छ । सन् १९३० मा छनोट भएरपनि विश्वकप फुटबल खेल्न अस्वीकार गरेको ईटाली त्यसयताका सबै संस्करणमा छनोट हुदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here