इजिप्टमा संकटकाल

एजेन्सी– इजिप्टका राष्ट्रपति अब्दुल फताह अलसीसीले कप्टिक गिर्जाघरहरुमा भएका आक्रमणपछि देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन् ।

उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ  ।

हिजो राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

’पाम सन्डे’ भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here