इजरेलको यो कस्तो निर्णय

एजेन्सी, १८ चैत– इजरेलले अधिनस्थ वेस्ट ब्यांक क्षेत्रमा दुई दशक यता पहिलो पटक नयाँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ ।
प्यालेस्टिनी शहर नाब्लुस नजिकै त्यस्तो बस्ती निर्माण गर्ने निर्णय इजरेली मन्त्रिपरिषदको सुरक्षा समितिले लिएको हो।
प्यालेस्टिनी अधिकारीहरुले नयाँ बस्ती निर्माण योजनालाई भर्त्सना गरेका छन् र त्यसलाई रोक्न अन्तराष्ट्रिय तहबाट हस्तक्षेप गरिनुपर्ने माग गरेका छन् ।
अघिल्लो महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ती निर्माण स्थगन गर्न इजरेललाई भनेका थिए ।

प्रधानमन्त्री नेतन्याहुले अमेरिकी सरकारसँग बस्ती निर्माण घटाउनेबारे सम्वाद गरिरहेको भनिएका बेला पछिल्लो घोषणा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here