काठमाडौं, १ जेठ । अमेरिकाले इजरायलको तेल अभिभबाट आफ्नो दूतावास जेरुसलम सार्नु केही घण्टाअघि इजरायली सेना र प्यालेष्टानीबीच भएको झडपमा कम्तिमा ५५ जना मारिएका छन् । गाजामा एकजना १२ वर्षीय बालकसहित प्रदर्शनकारीलाई इजरायली सेनाले गोली हानेर मारेको प्यालेष्टाइनले जनाएको छ ।
प्यालेष्टाइनी अधिकारीहरुका अनुसार घटनामा २७ सयभन्दा बढी घाईते भएका छन् । इजरायली सेनाले भने ३५ हजार प्यालेष्टानी सीमामा जम्मा भएर हिंसा मच्चाएपछि आत्मरक्षाका लागि कदम चालेको दाबी गरेको छ । प्यालेष्टाइनी नेताले घटनालाई नरसंहार भनेका छन् भने संयुक्त राष्ट्रसंघका प्रवक्ताले चरम मानवअधिकार उल्लंघन भनेका छन् ।

