इखुवाखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता, सरकारी संस्था बलियो हुनुपर्छ– मन्त्री पुन

काठमाडौँ, १ साउन- भोजपुरमा आयोजनास्थल रहेको १४ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत् आयोजनाको आज विद्युत् खरिद सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र इखुवाखोला जलविद्युत् आयोजनाको प्रर्वद्धक आरती पावर कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गर्नुभएको छ ।

भोजपुरमा आयोजनास्थल रहेको सो आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार प्राधिकरणले सो आयोजनाबाट उत्पादित विद्युत् वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत् संखुवासभा जिल्लाको शितलपाटीमा निर्माण हुने २२० केभीको सवस्टेशनमा जोडिनेछ । आयोजना स्थलबाट सवस्टशेनसम्म विद्युत् लैजान प्रवद्र्धक कम्पनी आफैले आठ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ ।

आयोजनाको कूल लागत रु दुई अर्ब ६० करोड रहेको छ । त्यसमा रु ७८ करोड स्वपूँजी रहनेछ भने रु एक अर्ब ८२ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइने प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक दुलालले जानकारी दिनुभयो ।

सरकारी संस्था बलियो हुनुपर्छ– मन्त्री पुन 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् विकासमा संलग्न जुनसुकै तहका कर्मचारी तथा सम्बद्ध अधिकारीले नमुना काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्री पुनले भन्नुभयो ‘सरकारी कम्पनी तथा संघसंस्थामा कार्यरत कर्मचारी ‘रोल मोडल’ बनेर देखाउनुपर्छ । अनि मात्रै अरुलाई जिम्मेवार बनाउन सकिन्छ ।’

विद्युत विकास विभागको रजत जयन्ती समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको स्वामित्वमा रहेका सरकारी कम्पनी तथा संस्था सक्षम र सबल बनाएर जानुपर्ने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here