इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीलाई

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । गएराति भएको खेलमा वेष्ट ब्रोमलाई उसकै घरेलु मैदानमा १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी छँदै प्रिमियर लिग फुटबलको उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको चेल्सीका लागि खेलको ८२ औं मिनेटमा मिसी बात्सुईले गरेको गोल नै निर्णायक बन्यो ।

चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक प्रिमियर लिगको उपाधि जितेको हो। पछिल्लो पटक सन् २०१४÷१५ को सिजनमा चेल्सीले जोसे माउरिन्होको प्रशिक्षणमा प्रिमियर लिग फुटबलको उपाधि जितेको थियो ।

लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ३६ खेलबाट ८७ अंक छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको ३५ खेलबाट ७७ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here