आसन्न निर्वाचनकालागि आयोगले आजदेखि चुनावी आचारसंहिता अनुगमन गर्ने

काठमाडौं,२० कार्तिक–  निर्वाचन आयोगले आजदेखि चुनाव आचार संहिता अनुगमन सुरु गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोगको टोलीले आजदेखि अनुगमन सुरु गर्न लागेको हो ।
निर्वाचन आयोगले विशेष योजना बनाउन निर्वाचन अनुगमन टोलीलाई निर्देशन दिएको छ । आयोगले भौगोलिक जटिलता, प्रतिकूल मौसमलाई ध्यानमा राखेर अनुगमनको कामलाई व्यवस्थापन गर्न पनि सम्बन्धित निकायलाई पुनः निर्देशन दिएको हो ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अनुगमन गर्न सचिव र सह–सचिवहरूको टोली खटिन लागेको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लामा आचार संहिता पालना भए⁄नभएको सूक्ष्म अनुगमन गर्न सो टोली खट्न लागेको आयागका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अनुगमन टोलीमा एकजना उप–महालेखापरीक्षक र सह–सचिवहरू गरी ३७ जना रहने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here