आर्सनल एफए कपको क्वाटरफाइनल

एजेन्सी– आर्सनल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा आर्सनलले लिंकन सिटीलाई ५–० ले हराएर एफए कपको सेमिफाइनलमा स्थान बनाएको हो ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन गरेको आसर्नलले घरेलु मैदानमा भएको खेलमा लिंकन सिटीमाथि शानदार जित दर्ता गरेको छ । आर्सनलको जितमा थियो वालकोट, ओलिभर जिरउड, एलेक्स सान्चेज र आरोन रामसीले गोल गरे ।
लिंकन सिटीका वाटरफलले आत्मघाती गोल गरे । पहिलो हाफको इन्जुरी समयमा वालकोटले गोल गरेपछि आसर्ननलले १–० को अग्रता लियो । दोस्रो हाफमा आर्सनलले थप चार गोल र्गयो ।
५३ औं मिनेटमा जिरउडको गोल तथा ५८ औं मिनेटमा वाटरफलले गरेको आत्मघाती गोलपछि आर्सनलको अग्रता ३–० मा पुग्यो ।

सान्चेजले ७२ औं मिनेटमा तथा रामसीले ७५ औं मिनेटमा गोल गरेपछि आर्सनल ५–० ले विजयी भयो र अन्तिम चारमा पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here