आर्थिक स्थिति सन्तोषजनक–नेपाल राष्ट्र बैंक

काठमाडौं,२ पुस– नेपाल राष्ट्र बैंकले देशको समग्र आर्थिक स्थिति सन्तोषजनक रहेको जनाएको छ । मौद्रिक नीति २०७४—७५ को त्रैमासिक समीक्षा गर्दै बैंकले मुलुकको समष्टिगत आर्थिक गतिविधि सन्तोषजनक रहेको जनाएको हो ।

पर्याप्त वर्षाका कारण कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण अंश रहेको कृषि क्षेत्रले सकारात्मक योगदान पुर्याउने बैंकको अनुमान छ । गत वर्षभन्दा यो पटक धान उत्पादन बढ्ने कृषि मन्त्रालयको अनुमान रहेकाले यसले कुल गार्हस्थ उत्पादनमै टेवा पुर्याउने छ ।

कृषि मन्त्रालयले यो वर्ष ५३ लाख मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरेको छ । उर्जाको सहज आपूर्ति एवम् केही जलविद्युत परियोजनाहरु चालु आर्थिक वर्ष्भित्रै सम्पन्न हुने दिशातर्फ भएकाले उर्जा संकट पनि समाधान उन्मुख रहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here