आर्थिक समृद्धि र विकासमा जुट्न आग्रह- मुख्य सचिव डा.सुवेदी

पोखरा, ३० जेठ । मुख्य सचिव डा सोमलाल सुवेदीले आपूm निर्वाचित भएका स्थानीय तहको आर्थिक समृद्धि र विकासमा जुट्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

प्रदेश नं ४ का निर्वाचित प्रमुख, उप–प्रमुख, अध्यक्ष तथा उपाध्यक्षको आजदेखि पोखरामा सुरु भएको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणको शुभारम्भ गर्दै उहाँले अब भाषण गरेर होइन, प्रतिफल आउने गरी काम गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

मुख्य सचिव डा सुवेदीले काम गर्ने तौरतरिकालाई फरक ढङ्गले सोच्नुपर्ने बताउँदै कानुनले दिएको अधिकारभित्र रही जिम्मेवार र जवाफदेही भएर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशले भोग्दै आएको सङ्क्रमणकाल पनि छोटिँदै जानेमा आफू विश्वस्त रहेको चर्चा गर्दै उहाँले सीमि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here