आर्थिकस्तर उकास्दै ग्रामीण महिला

मोरङ, ७ साउन । मोरङ कटहरी–९ थलाहाकी रामा राजवंशीको परिचय अहिले फेरिएको छ । एक वर्षअघिसम्म सामान्य गृहिणीका रुपमा रहेकी उनी अहिले सफल व्यवसायी बनेकी छिन् ।

घर नजिकै रहेको पोखरीमा माछापालन गरेर अहिले उनी मनग्य आम्दानी गरिरहेकी छिन् । करिब एक बिगाहा क्षेत्रफलको पोखरीमा उनले माछापालन व्यवसाय गरेकी छिन् । पोखरीबाट उत्पादित माछा नजिकैको बजारमा लगेर बिक्री गर्ने उनी आजभोलि घरमा पनि ग्राहक आउन थालेका बताउँछन् ।

शुरुमा पोखरीमा माछा हाल्ने पैसा पनि थिएन, पैसा नभएपछि व्यवसाय गर्ने सोच पनि बनाएकी थिएन्, उनी भन्छिन् – “गत वर्षको असारमा गरिबी निवारण कोषबाट सस्तो ब्याजदरमा रु २५ हजार ऋण लिए, त्यही रकमबाट पोखरीमा माछाको भुरा हाले र त्यसबाट रु एक लाख बढी आम्दानी गरें ।” मासिक रु एकको ब्याजमा उनले सो ऋण प्राप्त गर्नुभएको थियो ।

विपन्न, दलित, पछाडि परेका महिला तथा समुदायका लागि गरिबी निवारण कोषले जिल्लामा सञ्चालन गरेको एकीकृत गरिबी निवारण कार्यक्रमबाट उनको आर्थिकस्तर उक्सिएको हो ।

माछा बिक्री गरेर प्राप्त रकमले उनले ऋण चुक्ता समेत गरें । आम्दानी बढ्दै गएपछि थप पोखरी निर्माण गर्ने र व्यवसाय बढाउँदै लैजाने सोच उनको छ ।

सोहि स्थानकी राधा मालाले अहिले तरकारीखेती गर्नुभएको छ । एक वर्षअघिसम्म राधाको अवस्था पनि रामाको जस्तै थियो । गरिबी निवारण कोषबाट पाएको ऋणले उनी तरकारीखेती शुरु गर्नुभयो । अग्र्यानिक तरकारीखेती शुरु गर्नुभएका मालाले करेला, लौका, फर्सी र भिन्डीको खेती गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here