आरजु राणालाई राष्ट्रियसभाको उम्मेदवार बनाउन महिला सांसदको माग

धनगढी, ८ माघ – नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग गरेका छन् ।

महिला सांसदले सोमबार विज्ञप्ति मार्फत नेपाली कांग्रेसको केन्द्रीय समितिसँग राणालाई उम्मेदवार बनाउन माग गरेका हुन् । राणाको प्रतिनिधित्व राष्ट्रियसभामा भए प्रदेशका महिलाको आवाज केन्द्रसम्म पुर्याउन सजिलो हुने उनीहरुले बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा मंसिर २१ गते भएको प्रतिनिधिसभा चुनावमा कैलाली ५ बाट उम्मेदवार बन्नुभएको थियो । तर उहाँ एमालेका नारदमुनी रानासँग झण्डै ५ हजार मतले हार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here