नारायणपुर, ३ माघ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेकोसमेत आरोप लगाउनुभएको छ। काङ्ग्रेसको नेतृत्वमा शुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामाकरण गरेको उहाँको आरोप थियो ।
घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो। उहाँले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको समेत बताउनुभएको छ ।
नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताउनुभयो । उहाँले काङ्ग्रेसभित्र ठूलो समस्या रहेकोसमेत खुलासा गर्नुभयो । पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको भन्दै उहाँले नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।

