आयल निगमको टोली जापान जादै

काठमाडौं, २१ असार– पाइपलाइनवाट घरघरमा ग्याँसका लागि अध्ययन गर्न नेपाल आयल निगमको टोली आज जापान जादैछ ।
निगमका कार्यकारी निर्देशक गोपाल खडकाको नेतृत्वमा टोलि जापान जान लागेको हो । टोलिले भूमिगत ग्याँस भण्डारणबारे पनि अध्ययन गर्नेछ ।
जापानमा पाइपको माध्यमवाट घरघरमा ग्याँस वितरण हुने र नेपालका हकमा भने यस्तो व्यवस्था उचित भए नभएको वारेमा अध्ययन गर्न खोजिएको आयल निगमका अधिकारीहरुले जनाएका छन् ।
निगमका अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाइनको माध्यमवाट घरघरमा ग्याँस पु¥याउने घोषणसंगै जापानले चासो दिनुका साथै जापानका एलपी ग्याँस वितरकहरुले नेपाल भ्रमण समेत गरेका थिए ।
भ्रमण टोलीमा निगमका कार्यकारी निर्देशक खडका, नायव कार्यकारी निर्देशक शुसिल भटराइ, प्रवन्धक रविन शर्मा र विजय सत्याल सहभागी हुने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here