आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ,२४पुस । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएको छ । सरकारले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए भने उनले सोमबार नै महाप्रबन्धक पदबाट राजीनामा समेत दिएका थिए ।

निगमका तत्काली कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्दा दायर गरेकै दिन सरकारले निगममा पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि उनलाई सरकारले बर्खास्त गरेको थियो । त्यसपछि रिक्त रहेको निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका थिए ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको कार्यकारी निर्देशकको लागि खुला प्रतिष्पर्धा गराएसँगै १२ जनाले आवेदन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here