आमा दुर्गादेवी पन्तसंग मिल्याे निर्मला पन्तको ‘भजाइनल स्वाब’

काठमाडाैं,१४ माघ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया निर्मला पन्तको ‘भजाइनल स्वाब’को डीएनएसँग आमा दुर्गादेवी पन्तको डीएनए मिलेको पाइएको छ ।

आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि पुस २५ गते रगतको नमुना दिएकी थिइन् । निर्मलाको शवबाट निकालिएको भनिएको भजाइनल स्वाब माथि शंका उठेपछि आमाको नमुना संकलन गरिएको थियो ।

तर बाबु यज्ञराज पन्तले भने रगत दिन मानेका थिएनन् । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिहं कडायतका अनुसार सरोकारवालाकै मागअनुसार आमाको रगत परीक्षणका लागि पठाइएको बताउनुभयाे । मिलेर आएको छ । ‘भजाइनल स्वाब’ निर्मलाकै हो भन्नेमा अब शंका रहेन ।’’उहाँले भन्नुभयाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here