आफ्नो बचाउँ गर्दै मन्त्री अधिकारीले भनेः वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो कुनै संलग्नता छैन

काठमाडौं,२३ पुस ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी खरिदमा भएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी बताउनुभएको छ ।

आज बिहान सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले वाइडबडी खरिदमा भएको अनियमितताको निष्पक्ष भएर छानविन गर्न आग्रह गर्नुभयो । त्यसमा अफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । मन्त्री अधिकारीले तथ्यमा आधारित नभई अनुमानका भरमा पूर्वाग्रह राखेर आफूलाई अनियमितताको आरोप लगाएको बतानुभयो । उहाँले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिनुभयो ।
उहाँले भन्नुभयोः ‘मैले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको हुँ, नेपाल बायु सेवा निगमलाई टाट पल्टनबाट जोगाउन सम्माननित सर्वोच्च अदालतको २०७३ पुष १ गतेको फैसला अनुसार पैंसा दिएको हो । मेरो व्यापारिक उद्देश्य होइन ।’उहाँले समय तालिका परिवर्तन गर्न मिलेन र भुक्तानी नदिएको भए बैना दिएको पैसा डुब्ने र विमान पनि नेपाल नआउने अवस्था रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here