आफुभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै एसपी उप्रेतिले दिए राजीनामा

काठमाडौँ,२७ माघ। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतिले राजीनामा दिनु भएको छ।

मन्त्रालयले गएराति १४ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक( एसएसपी)मा बढुवा सिफारिस गरेपछि उनले असन्तुष्टी जनाउनु भएको छ।

आफुभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै उहाँले प्रहरी प्रधान कार्यालयमा गएर राजीनामा बुझाउनु भएको हो। उप्रेती भन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर प्रहरी अधिकृत रहेका बताएका छन्।

प्रहरी सेवामा विवादमा नआएका उहाँले प्रहरी रत्न लगायतका पदसमेत पाउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here