काठमाडौं,२७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ ।
मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने आँट गरेको सरकारलाई कांग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति पनि जनाउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सचेत गराउनुभयो ।
विषादी प्रकरणमा कांग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दाबी गर्नुभयो । मन्त्री यादवले व्यापारीहरुलाई पनि वस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गर्नुभयो ।

