आन्दोलित चिकित्सक र सरकारबीच आजपनि बार्ता

काठमाडौं, ८ असोज– आन्दोलनरत चिकित्सक र सरकारबीच पुनः आज बार्ता हुने भएको छ । हिजो भएको बार्ता विना निश्कर्ष टुङगीएपछि आज पुनः वार्ता हुने नेपाल चिकित्सक संघले जनाएको छ । संघले आज आफ्ना मागबारेमा सरकारी पक्षसंग ग्रम्भीर छलफल गरेर निश्कर्षमा पुग्ने बताएको छ ।
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा चिकित्कसले नै क्षतिपुर्ति तिर्नुपर्ने सरकारी निर्णयविरुद्ध नेपाल चिकित्सक संघले आन्दोलन गर्दै शुक्रबारदेखि स्वास्थ्य सेवा ठप्प पारेका छन् ।
संघले मन्त्रिपरिषदको उक्त निणर्यलगत्तै आपत्ति जनाउँदै निर्णय सच्याउन ७२ घण्टे अल्टिमेटम दिएको थियो ।
सरकारले अल्टिमेटमप्रति चासो नदिएको भन्दै संघले आन्दोलन सुरु गरेको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिनुभयो ।   उहाँले सरकारले आफ्नो माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here