आधुनिक उखु खेती

कञ्चनपुर, १६ असार -आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ ।

इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो ।

आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि परम्परागत तरिकाबाट उखुखेती गर्दा प्रति बिगहा रु दुई लाखसम्म आम्दानी हुँदै आएको वडायकले बताउनुभयो ।

परम्परागत तरिकाबाट उखुखेती गर्दा मुस्किलले प्रतिबिगाह ३०० देखि ५०० क्विण्टल उखु उत्पादन हुन्थ्यो, उहाँले भन्नुभयो, “चिपवड प्रविधिको प्रयोग गरी उखु रोप्न थालेपछि चार गुणाभन्दा बढी उत्पादन हुन थाल्यो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here