आत्मसमर्पण गर्न मलेसियाको आग्रह

एजेन्सी–२५ असार, मलेसियाले अवैधानिक आप्रवासी कामदारहरुलाई जेल सजाय र जरिवानाबाट जोगिन प्रशासनसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

मलेसियाली अध्यागमन विभागका महानिर्देशक मुस्ताफर अलीले जेल सजाय ब्यहोर्न र जरिवानाबापत बढी रकम तिर्नबाट जोगिन अबिलम्ब प्रशासनसमक्ष उपस्थित भई स्वदेश फर्कन अवैधानिक आप्रवासी कामदारलाई आग्रह गरेका हुन् ।

गत जुलाई १ देखि त्यस्ता कामदारविरुद्ध सुरु गरेको धरपकड अभियान मलेसियामा जारी छ। गत एक सातायता करिब २ हजारभन्दा बढी त्यस्ता कामदारहरु र ४६ जना रोजगारदाताहरु पक्राउ परिसकेका छन् ।

तीमध्ये सय जनाभन्दा बढी नेपाली छन् । गतवर्ष सञ्चालित रिहाईरिङ कार्यक्रममा दर्ता नभएका एवं यसैवर्ष फेब्रुअरी १५ देखि जुन ३० सम्म दिइएको दर्ता कार्यक्रममा पनि सहभागी नहुने अवैधानिक आप्रवासी कामदारहरुको देशव्यापी खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here