आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल ओड्नेहरु उम्किन सक्दैनः प्रधानमन्त्री

काठमाडौँ, २९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न बहानामा अपराधको राजनीतीकरण भएको उल्लेख गर्दै बम पड्काउने, मान्छे मार्ने, अपराध गर्ने र जनताको नाममा लुटपाट मच्चाउने प्रयास गर्ने र आतङ्ककारी क्रियाकलापमा राजनीतिको खोल बनाउनेहरु उम्किन नसक्ने चेतावनी दिनुभएको छ।

प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले देशको समृद्धि र सुशासनका लागि प्रहरीको समेत महत्वपूर्ण भूमिका हुने बताउँदै प्रधानमन्त्री ओलीले दीक्षित प्रहरी निरीक्षकलाई अनुशासनमा बस्न र मातहतकालाई अनुशासनमा राख्न आग्रह गर्नुभयो ।

सानालाई दलाउने र माथिकाको दलाली गर्ने काम बन्द गर्न उहाँले सुझाव दिनुभयो । प्रहरी दलालीका लागि होइन स्वाभिमानपूर्ण कर्तव्यपरायण देखाएर सेवा गर्नका लागि हो भन्दै उहाँले बढुवा हुनका लागि कसैलाई रिझाउनु र कसैकामा धाउनु नपर्ने बताउनुभयो।

“प्रहरी सङ्गठनका जिम्मेवार अधिकारीलाई म भन्न चाहन्छु, कार्यसम्पादनका मूल्याङ्कन वा बढुवाका लागि न्यायोचित प्रणाली स्थापना गर्नुहोस्, कुनै पनि तरिकाको पक्षपात, भेदभाव, कोसेली, चाकडीको पक्षमा सरकार छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here