आठ ग्यास उद्योगले पाए नेपाल गुणस्तर चिह्न

काठमाडौँ, ४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न एनएस प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल ग्यास उद्योग बारा, जानकी ग्यास उद्योग नवलपरासी र मारुती ग्यास सुनसरी रहेका छन् । १५ वटा ग्यास उद्योग गुणस्तर चिह्न लिने अन्तिम चरणमा रहेका छन् भने विभागले अन्य ग्यास उद्योगलाई गुणस्तर चिह्न लिन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here