आज १४८ औँ गान्धी जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ,काे हुन गान्धी ?

काठमाडाैं,१६ असाेज । स्वतन्त्र भारतका अग्रज एवं भारतका राष्ट्रपिता महात्मा गान्धीको आज १४८ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम   गरी मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज भारतमा मात्र हाेर्इन विभिन्न देशमा विभिन्न कार्यक्रम गरेर गान्धीको सम्झन गरिदैछ ।

संयुक्त राष्ट्रसंघले पनि उनको जन्म दिन अक्टोबर २ तारिखलाई विश्व अहिंसा दिवसका रुपमा मनाउन थालेको छ। उनकाे याेगदान तथा अान्दाेलन  पुरै  विश्वकाे लागि सन्देश बनेकाे छ । गांधीको जन्म २ अक्टोबर १८६९ मा गुजरातको पोरबंदरमा एक हिंदू–गुजराती मोध बनिया वैश्य परिवारमा भएको थियो ।

गान्धीले बेलायतमा कानूनको अध्ययनपश्चात दक्षिण अफ्रिकामा अभ्यास पनि गरेका थिए । त्यहाँ अंग्रेजहरुले स्थानीयमाथि गरेको शोषण देखेपछि उनीभित्र विश्वमै जनअधिकार, अहिंसा र स्वतन्त्रता स्थापित हुनुपर्छ भन्ने विचारले जरो    गाडेको थियो ।

सन् १९२१ मा भारतीय राष्ट्रिय कांग्रेसको बागडोर सम्हालेपछि उनले गरीबी हटाउन, महिला अधिकारको विस्तार, धार्मीक एवम् जातीय एकताको निर्माण, जातीय छुवाछुतको अन्त्यका लागि विभिन्न आन्दोलनहरु चलाएका थिए । उनले त्यसबेला बेलायतको उपनिवेश रहेको भारतलाई स्वतन्त्र बनाउन ‘ब्रिटिश भारत छोडो आन्दोलन’ गरेर प्रसिद्धि पाए ।

उनीमाथि भारत विभाजन (पाकिस्तान निर्माण) हुन दिएर भारतलाई कमजोर बनाएको आरोप लगाइएको थियो । भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक र आध्यात्मिक नेता महात्मा गान्धीलाई विश्वले अहिंसावादी नेताका रुपमा चिन्छ  । उनलार्इ ३० जनवरी १९४८ मा नाथुराम गोड्सेले नयाँ दिल्लीस्थित बिड्ला हाउसको मैदानमा गोली हानी हत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here