आज हरिबोधनी एकादशी

कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ भने बुध् धातुबाट बनेको बोधिनी शब्दले निद्राबाट जगाउने हुने भन्ने जनाउँछ । पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरी अषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म श्रीरसागरमा शेषनागरुपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्पm कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ ।
कार्तिकमा भगवान् जाग्नु भएपछि सर्वप्रथम दामोदर भगवानसँग भगवती तुलसीको विवाह गर्ने परम्परा छ । सम्भव नभए वा बाधा परे त्यसपछि दामोदर–तुलसी विवाह गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here