आज शेयर बजार घट्यो

काठमाडौँ,२९पुस । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुमा झरेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ विन्दुले घटेर २४९ दशमलव ४२ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

स्टककाअनुसार उत्पादन शून्य दशमलव ६९ र अन्य दुई दशमलव ८७ विन्दुले बढेका छन् । यस्तै बैंकिङ क्षेत्र छ दशमलव ३२, होटल १२ दशमलव ८७, विकास बैंक चार दशमलव पाँच, जलविद्युत् पाँच दशमलव २५, वित्त शून्य दशमलव ८५, निर्जीवन बीमा ७१ दशमलव २७, लघुवित्त १२ दशमलव सात र जीवन बीमा ११ दशमलव १८ विन्दुले घटेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here