आज विश्व शिक्षक दिवस मनाइँदै

काठमाडौं,१९ असोज– आज ५१ औं विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । शिक्षकका लागि समर्थन जुटाउन र भविष्यको पुस्ताको आवश्यकता शिक्षकहरुको माध्यमबाट पूरा हुन्छ भन्ने कुराको सुनिश्चितताका लागि संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आव्हानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । नेपालका शिक्षकहरुले आफ्नो हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् ।
स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ । देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here