काठमाडौं,२६ असोज– ‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका यो दिवस मनाउने गरिएको हो । विश्व स्वास्थ्य संगठन र अन्धोपन रोकथामका लागि अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त विश्वव्यापी पहल ‘भिजन ट्वान्टी ट्वान्टीः दृष्टिको अधिकार’का बारेमा सचेतना जगाउन, लक्षित व्यक्तिमा दृष्टिविहिनता रोकथामका लागि शिक्षा प्रदान गर्नु यो दिवसको उद्देश्य रहेको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा करीब एक लाख २० हजारको हाराहारीमा मानिसले पूणरुपमा दृष्टि गुमाएका छन् । जसमध्ये ११ लाख मानिस अन्धोपनको सिकार भएका छन् । नेपालमा हरेक दिन १ सय २५ जना दृष्टि विहिन हुने गरेका छन् ।
नेपालमा ६५ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण हुने चिकित्सकहरुको भनाई छ । विश्व संगठनले ८० प्रतिशत दृष्टि दोष रोकथाम गर्न या उपचार गर्न सकिने भन्दै सचेत हुन आग्रह गरेको छ ।

