आज विश्व अहिंसा दिवस

काठमाडौं, १६ असोज–आज अक्टोवर २ अर्थात नवौं अन्तर्रा्ष्ट्रिय अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
साथै विश्वमै अहिंसाकालागी असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । विश्वभर अशान्ति, आतंकवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर २ अक्टोबरलाई अन्तर्रा्िष्ट्रय अहिंसा दिवस घोषणा गरेको थियो ।
सन् २००८ देखि राष्ट्र संघका १सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । नेपालमा पनि यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन वढदै गएको छ ।
दिवसको अवसरमा शान्ति र अहिंसाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानी लगायत मुलुकभर अन्तरक्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् ।
नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here