आज र भोली भिटामिन “ए” र जुकाको औषधी खुवाइँदै

काठमाडौं,६ बैशाख ।  दोश्रो चरणको राष्ट्रिय भिटामिन “ए” कार्यक्रम अन्तरगत आज र भोली दुईदिन भिटामिन “ए” तथा जुकाको औषधी खुवाइने भएको छ ।

अभियान अन्तर्गत आज र भोली(शनिबार) ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन “ए” र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन “ए” कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन “ए” र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here