आज योमरी पुन्ही र उधौली पर्व मनाउँदै

काठमाडाैं,७ पुस ।  आज हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा र योमरी पुन्ही मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ ।

भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कुल देवता, पितृ देवता र देवी–देवतालाई चढाएपछि मात्र आफूले खाने परम्परा छ । नेवार समुदायले यो दिनलाई योमरी पुन्हीका नामले मनाउने गर्छन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । यो अवसरमा लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गर्ने चलन छ । यस्तै किराँत धर्मावलम्बीले आज उधौली पर्व मनाउँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here